१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा १४ अर्ब कारोबार, नेप्से २७९४ अंकमा



काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।

सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको अंक बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो ।

१९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो ।

माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : ५० बजे