साउनको दोस्रो सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
आइतवार साँझ आएका भक्तजनहरू बिहानखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए।
अघिल्लो सोमबार २० हजारभन्दा बढी भक्तजनले मेला भरेको र दोस्रो सोबार ४० हजार हुने अनुमान गरिएको उनले बताए।
महिला तथा पुरुष व्रतालुहरु पहँेलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन्। चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन्।
देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहेको व्रतालु सूर्य अधिकारीले बताए।
देवघाटसँगै चितवनको महाकालेश्वर मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगर लगायत क्षेत्रका शिवालयमा पनि भक्तजनहरुको घुइँचो लागेको छ। यो मेलालाई बोलबम मेलाका रूपमा समेत मनाइन्छ।
प्रतिक्रिया