सरस्वती बुढा
सुर्खेत – २८ औँ अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा वीरेन्द्रनगरमा भव्य र्याली तथा विशेष औपचारिक कार्यक्रम सम्पन्न भएको छ।
‘युवाको नेतृत्व, समृद्धिको आधार’ भन्ने मूल नारासहित मङ्गलगढी चोकबाट सुरु भएको र्याली घण्टा चोक हुँदै समन्वय हलपर्यन्त परिक्रमण गरिएको थियो। सयौँ युवाहरूले प्लेकार्ड र ब्यानर बोकेर युवा अधिकार, वातावरण संरक्षण, रोजगार, लैङ्गिक समानता र नशामुक्त जीवनशैलीका सन्देश फैलाएका थिए।
समन्वय हलमा आयोजित विशेष कार्यक्रममा प्रदेशसभा सदस्य, वीरेन्द्रनगर नगरप्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवा अगुवा र स्थानीयवासीको उपस्थितिमा राष्ट्रिय गीतसहित उद्घाटन तथा सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले युवाको सामाजिक, आर्थिक र राजनीतिक भूमिकाबारे जोड दिँदै सिप विकास, रोजगारी सिर्जना र उद्यमशीलतालाई प्राथमिकता दिन राज्य र समाज दुवै जिम्मेवार रहने बताएका छन्। उनीहरूले युवालाई नशामुक्त, अनुशासित र उत्पादक जीवनशैली अपनाउन आह्वान गरेका छन्।
सहभागी युवाहरूले वातावरण संरक्षण, लैङ्गिक समानता र अवसरको समान पहुँचका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजक युवा क्लबले सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा अझ प्रभावकारी युवा गतिविधि सञ्चालन गर्ने प्रतिज्ञा गरेको छ।
प्रतिक्रिया