२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्ने बजगाईँले जानकारी दिए ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा गएर फर्किएका थिए

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ३३ बजे