उदयपुरबाट ठूलो परिमाणको गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकखण्डमा को१ज ३४५६ नम्बरको जिपबाट ७५० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङका अनुसार जाँचका क्रममा जिपमा लुकाएर राखिएको गाँजा फेला परेको हो । उक्त घटनामा जिप चालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया