सरस्वती बुढा
सुर्खेत, पौष १६
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगल क्षेत्रमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीयका अनुसार श्री भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगलमा अन्दाजी २०–२१ वर्ष उमेरका युवक र १९–२० वर्ष उमेरकी युवती ज्यामुनाको रूखको एउटै हाँगोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन्।
बुधबार बिहान स्थानीयले जंगलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ भने मृतकहरूको पहिचान तथा घटनाको कारणबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिनेछ।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।









प्रतिक्रिया