सरस्वती बुढा
सुर्खेत,पौष २३
सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
पुष २२ (मंगलवार बिहान) करिब ८ बजे भेरीगंगा–५ गेरवानी बस्ने ५७ वर्षीया गंगा सारु कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। उनी घर नफर्किएपछि खोजीका क्रममा पुस २३ गते बिहान करिब ९ बजे उनका दुई नातिनीहरू घरदेखि करिब १०० मिटर उत्तरतर्फको सालघारी क्षेत्रमा बाख्राका लागि घाँस काट्न जाँदा गंगाले लगाएका कपडा र चप्पलसहित रगत देखिएको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
त्यसको केही दूरीमा, घटनास्थलबाट करिब ६०० मिटर पूर्वतर्फ गंगा सारुको टाउको फेला परेको जानकारी बिहान १०:३० बजे अस्थायी प्रहरी पोस्ट बबईलाई गराइएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाको टोली, वन कार्यालयका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिसहित संयुक्त टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। घटना सम्वन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।









प्रतिक्रिया