२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवपुरीमा बुढानीलकण्ठ–९ को वातावरणीय पदयात्रा, दुई सयभन्दा बढीको उत्साहजनक सहभागिता



काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ द्वारा वातावरणीय सचेतनामूलक पदयात्रा कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न गरिएको छ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको पर्यावरणीय पदमार्ग हुँदै सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान र्पुयाएको छ ।

कार्यक्रममा वडा अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी, नगर युवा परिषद्का सदस्य, स्थानीय वासिन्दा, जनप्रतिनिधि र सञ्चारकर्मी गरी करिब २०० जनाको उल्लेखनीय सहभागिता थियो । पदयात्रा बुढानीलकण्ठ–९ बाट प्रारम्भ भई बुढानिलकण्ठ मन्दिर,खप्तड बाबाको समाधी स्थल, शिवपुरीको हरियाली मार्ग हुँदै डाडाँगाउँमा पुगि वातावरण सम्बन्धी छलफल गरी सम्पन्न भएको थियो ।

नगर प्रमुख मिठाराम अधिकारीले वातावरणीय सन्तुलन कायम राख्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए । शनिवार भएको पदयात्राले विशेषगरी विद्यार्थी र युवामा जागरूकता फैलाउने काम गरेको छ, जुन भविष्यका लागि सकारात्मक संकेत रहेको नगर प्रमुख अधिकारीको भनाई छ ।

नगर उपप्रमुख अनिता लामाले पदयात्राजस्ता कार्यक्रमले वातावरणप्रति नागरिक जिम्मेवारी बढाउने बताइन्। । प्रकृतिसँग प्रत्यक्ष सम्पर्क हुने यस्ता अवसर शिक्षाप्रद हुने उनको भनाई छ ।

वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले वातावरणीय चेतना फैलाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम भविष्यमा समेत निरन्तरता दिइने प्रतिबद्धता जनाइन्।“ विद्यार्थी र युवाको उत्साहले वडामा सक्रिय नागरिक सोचको विकास भइरहेको छ,” उनले भनिन्।

नगर युवा परिषद् वडा नं ९ का अध्यक्ष स्वस्तिक कार्कीले युवाहरूले वातावरण संरक्षणको अभियानमा अग्रसर हुनुपर्ने धारणा राखे। “आजको पदयात्राले हामीलाई थप जिम्मेवारीबोध गराएको छ,” उनले भने ।

पदयात्राका सहभागीहरूलाई आयोजकले ज्याकेट, क्यापटोपी, रेनकोट वितरण गर्नुका साथै निःशुल्क खाना र खाजाको व्यवस्था गरेको थियो।

स्थानीयस्तरमै वातावरणप्रति चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमप्रति सहभागी र सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

फोटो फिचर

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ०७ बजे