२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैंसेपाटीमा प्राइम टाइल्सको नयाँ शोरूम उद्घाटन



काठमाडौं । नेपालमै उत्पादन भएको टाइल्स ब्रान्ड ‘प्राइम टाइल्स – टाइल्स विथ स्टाइल’ को नयाँ शोरूम आज ललितपुरको भैंसीपाटीमा उद्घाटन गरिएको छ । स्वदेशमै उत्पादन सुरु गरी औपचारिक रुपमा बजारमा ल्याइएको यो टाइल ब्रान्डले गुणस्तर, डिजाइन र सुलभ मूल्यको नयाँ युग सुरु गर्ने दाबी गरेको छ ।

भैंसेपाटीस्थित नयाँ शोरूम उद्घाटनसँगै अब उपभोक्ताले प्रत्यक्षरूपमा आधुनिक टाइल्स अवलोकन, छनोट र खरिद गर्न सक्ने सुविधा पाउनेछन्। उद्घाटनमा उद्योग, व्यापार, निर्माण र डिजाइन क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा बोल्दै प्राइम सेरामिक्स प्रा.लि. का अध्यक्ष आषिस गणले नेपालमा हाल वार्षिक १५ अर्ब रुपैयाँको टाइल आयात हुने गरेकोमा, प्राइम सेरामिक्सले करिब एक चौथाइ माग स्वदेशमै पूर्ति गर्ने गरेको बताए । स्वदेशमै उत्पादन भएकाले बाहिरबाट आयातित टाइलको तुलनामा १५–२० प्रतिशत सस्तो पर्ने साथै, सस्तो ढुवानी, छिटो आपूर्ति र कस्टमाइज डिजाइनको सुविधा पनि उपलब्ध हुने उनको भनाई छ ।

प्राइम टाइल्सको उत्पादनकर्ता प्राइम सेरामिक्स प्रा.लि. कोे रौतहटको बृन्दावन नगरपालिका–६ मा १० बिघा क्षेत्रफलमा उद्योग सञ्चालनमा छ । उद्योगले इटालियन बहुराष्ट्रिय कम्पनी SACMI को अत्याधुनिक सेरामिक प्रविधि प्रयोग गरेर भित्ते र भुइँ टाइल्सका २५० भन्दा बढी डिजाइनहरू उत्पादन गरिरहेको छ ।

प्राईम टाईल्सले यसअघि नै विभिन्न स्थानहरूमा आफ्ना सेवा विस्तार गरिसकेको छ भने भैँसीपाटी शाखा उच्च माग र उपभोक्ताको सुविधालाई ध्यानमा राखी खोलिएको जनाइएको छ ।

फोटो फिचर

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : १७ बजे