२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा खिजीदेम्बाको तीन दिने प्रशासनिक शिविर सुरु



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले राजधानीमा बसोबास गर्ने आफ्ना सेवाग्राहीका लागि काठमाडौंमा तीन दिने एकीकृत प्रशासनिक शिविर सञ्चालन थालेको छ। शिविरको उद्घाटन कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा र गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सम्पन्न भयो।

शिविरमार्फत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत, नापी लगायतका सेवा, साथै वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सुविधाहरू एकै स्थानबाट उपलब्ध हुने छन्।

अध्यक्ष शेर्पाले राजधानीमै शिविर सञ्चालन गर्नुको उद्देश्य सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा दिनु भएको बताए। उपाध्यक्ष सुसिला तामाङका अनुसार, सेवाग्राहीको सम्पूर्ण काम सम्पन्न नभएसम्म शिविरलाई निरन्तरता दिइनेछ।

पूर्वमन्त्री सुनुवारले यस पहलले नागरिकलाई संघीय शासन प्रणालीको प्रत्यक्ष अनुभव दिलाएको उल्लेख गरे। सेवाग्राहीहरूले वर्खामा गाउँ जानुपर्ने झन्झट कम भएको भन्दै गाउँपालिका र जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरेका छन्।

शिविरको अवसरमा गाउँपालिकाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, सेवा प्रवाह र समृद्धिका लागि गरिएका पहलहरूको जानकारी दिइयो र सेवाग्राहीबाट सुझाव संकलन गरियो।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ५२ बजे