२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए खुसी हुन्छु : गगन थापा



काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति ‘डेलिभरी गर्न नसक्ने अवस्थामा पुगेर अड्किएको’ टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैसाथ राजनीतिबाट सन्यास लिने घोषणा गरे आफू सबैभन्दा खुसी हुने बताए।

“यो कुरा मैले अवमूल्यनका लागि भनेको होइन, उहाँहरूका प्रति सम्मान छ। उहाँहरूले मुलुकका लागि ठूलो योगदान गर्नुभएको छ,” थापाले भने, “तर नेपालको राजनीति अब डेलिभरी गर्न नसक्ने बिन्दुमा अड्किएको छ।”

थापाले नेपाली राजनीतिप्रति वितृष्णा फैलिएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई “फोहोर जमेको पोखरी”सँग तुलना गरे। आफ्नो युवावस्थादेखि नै देशको शीर्ष नेतामा देउवा, ओली र प्रचण्ड रहँदै आएको र अहिले आफू ५० वर्ष नाघ्न लाग्दा पनि त्यही अवस्था निरन्तर रहेकोप्रति उनले असन्तुष्टि जनाए।

उनका अनुसार, पार्टीमाथि पहिले नियन्त्रण गर्ने र त्यसमार्फत मुलुकको राजनीतिमा नियन्त्रण जमाउने प्रवृत्ति अन्त्य नगरेसम्म सुधार सम्भव छैन। “लोकतन्त्रमा एउटै नेतृत्व दशकौंसम्म जमे रहनु अस्वाभाविक हो,” उनले जोड दिए।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ०९ बजे