३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंखादेवी मावि र दर्शनटार सहकारीबारे अफवाहमा नलाग्न गाउँपालिकाको आग्रह



नुवाकोट। तारकेश्वर गाउँपालकाले वडा नम्बर ५, कल्लेरिडाँडास्थित श्री शंखादेवी मावि र ४, दर्शनटास्थित दर्शनटार कृषि सहकारीका विषयमा गाउँपालिकालाई समेत मुछेर सामाजिक सञ्जालमा फैलाइएको नियोजित अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शंखादेवी माविको चेक भुक्तानीका सम्बन्धमा हालसम्म गाउँपालिकामा कुनै पनि उजुरी वा गुनासो नआए पनि सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीलाई ध्यानमा राखी गाउँपालिकाले हिमालयन बैंकको तारकेश्वर शाखालाई पत्र काटेर सो विषयमा जानकारी माग गरेको र बैंकले चेकमा भएका सबै हस्ताक्षर सक्कली नै रहेको जवाफ दिइसकेको अवस्थामा सो विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको हुँदा थप सत्यतथ्य आयोगले नै पत्ता लागाउने जनाएको छ ।

पालका अध्यक्ष शिव अधिकारी प्रेस वक्तव्य मार्फत उक्त करणमा गाउँपालिकाको कुनै भूमिका बाँकी नरहने स्पष्ट पर्नुभएको छ । ‘संवैधानिक आयोगमा विचाराधीन रहेको विषयमा अनावश्यक हल्लाबाजी गरी कसैको चरित्र हत्या गर्ने नियोजित दुस्प्रयासको हिस्सा नबनिदिनुहुन सम्बन्धित सबै पक्षमा आग्रह गर्दछौँ’ अध्यक्ष अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘यस्तै दर्शनटार कृषि सहकारीका विषयमा सहकारीका अध्यक्ष राजु पण्डितले नै हल्लामा आएजस्तो कुनै पनि आर्थिक कारोबार नभएको र सहकारीका कर्मचारीबाट अभिव्यक्त भएको भनिएको विषयमा कुनै सत्यता नरहेको भनी सार्वजनिक अभिव्यक्ति दिइसकेको र सो सम्बन्धमा सम्बन्धित कर्मचारीमाथि अनुसन्धान भइरहेको जानकारीमा आएको हुँदा सो सहकारी संस्थाको आन्तरिक अनुसन्धान र लेखापरीक्षणबाटै विषयको निरुपण हुने र आवश्यक परे गाउँपालिकाले समेत अनुसन्धान गरी आवश्यक कारबाही गरिने छ । सो सम्बन्धमा गाउँपालिकाका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई जोडेर गरिएको दुस्प्रचारमा कत्ति पनि सत्यता नरहेकाले त्यस्तो दुस्प्रचारको पछि नलाग्नुहुन सम्पूर्ण तारकेश्वरवासीमा अनुुरोध गर्दछौँ ।’

गाउँपालिकाको यथार्थ नबुझी र स्रोतको विश्वसनीयता परीक्षण नगरी कसैको आत्मरतिमा साथ दिनकै लागि प्रकाशन गरिने हावादारी समाचारले पछि नलाग्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ०५ बजे