२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु



सरस्वती बुढा

सुर्खेत,पौष ३०

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धाको मृत्यु भएको छ। वीरेन्द्रनगर–११ पिपिरा चोक नजिक फोरलेन सडकमा भएको दुर्घटनामा ७० वर्षीया लक्ष्मी लामिछानेको ज्यान गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसो करिब २ बजे पिपिरा चोकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले लामिछानेलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रोहित कुमार शाहीले खबरदृष्टिलाई जानकारी दिए।

मृतक लामिछाने वीरेन्द्रनगर–१३ की बासिन्दा हुन्। दुर्घटनामा मोटरसाइकल चालक लेकवेशी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, बुधबार  ४ : ५० बजे