२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अखिल क्रान्तिकारी देवदहद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी



 देवदह । अखिल क्रान्तिकारी देवदह नगर कमिटीले देवदह आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ। गत जेष्ठ २३ गते विभिन्न ७ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको र आफुहरुको माग सम्बोधन नभएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नगर अध्यक्ष शिव काफ्लेले जानकारी दिए।

न्युन आर्थिक स्रोत भएका विद्यार्थीले शुल्क तिर्न नसक्ने गरि मासिक शुल्क बृद्दी गरेको र भर्ना शुल्क र मासिक शुल्क तत्काल घटाउनु पर्ने, शौचालय व्यवस्थापन गर्नुपर्ने, पुस्तक तथा अध्ययन सामाग्रीको व्यवस्थापन, खेल मैदान तथा खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने लगायत माग राख्दै क्रान्तिकारीले क्याम्पस प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाएको थियो। ध्यानाकर्षण पत्रको कुनै सुनुवाइ नभएको र व्यवस्थापन तर्फ ध्यान नदिएपछि आफुहरुले तालाबन्दी गरेको अध्यक्ष काफ्लेले बताए।

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिए पनि क्याम्पसको नियमित पठनपाठन र प्रथम त्रैमासिक परिक्षाका लागि कुनै किसिमको अवरोध नगरिने अध्यक्ष काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ४७ बजे