काठमाडौ । भोक्राहा नरसिंह गाउँपालिकाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोगस्वरूप संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट आएको लेदोसहितको भीषण बाढीका कारण …