काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातारको वर्षा अझै बढ्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेसम्म बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागका मौसमविद्हरूका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा फैलिएको छ।…