काठमाडौ । सुनवल नगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न काम, कारबाही तथा विकास निर्माण गतिविधिको वार्षिक समीक्षा कार्यक्रमका क्रममा यस्तो निर्णय गरेको हो । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका…