काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका कार्यक्रम वर्षाका कारण प्रभावित भएका छन् । पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी–विरोध प्रक्रिया चलिरहेका बेला वर्षा भएपछि निर्वाचनस्थल र बन्दसत्रस्थलमा रहेका प्रतिनिधि तथा समर्थकहरू तितरबितर भएका छन् । निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक नामावली सार्वजनिक गरेपछि केही समयमै उम्मेदवारीमाथि दाबी–विरोध प्रक्रिया सुरु भएको थियो । तर, वर्षाका कारण महाधिवेशनका…