काठमाडौजेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा चौधरी ग्रुप (सीजी) ले गरेको छ। सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत जनाएका अनुसार, सहिद परिवारप्रति श्रद्धा र जिम्मेवारीका रूपमा रोजगारी अवसर उपलब्ध गराइनेछ। चौधरीले लेखेका छन्, “यो केवल हाम्रो वाचा होइन, हाम्रो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं र…