२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको अबको विकल्प



स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै सत्ता पक्षले धाँधली गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले, लगाएको थियो । अहिले एमालेले हारको कारण त्यसैलाई बनाएको छ। बाहिर यस्तो भने पनि भित्रभित्रै निर्वाचनमा हार्नुको कारण अन्तर्घात हो भन्ने निक्यौल निकालेको छ । सभासम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले हारेको भनेर स्विकार्दैनन् । बरु प्राप्त मतका आधारमा एमाले झन् बलियो भएको दाबी गर्छन् । बोली एकातिर भए पनि हारेकै हो भन्ने ओलीलाई भित्रभित्र लाग्दो होला, एमालेमा भइरहेका चहलपहलले पनि यसलाई प्रस्ट पार्छ । यो परिणाम ध्यानमा राखेर आगामी संघ र प्रदेश निर्वाचनमा कसरी जाने भन्नेमा एमालेभित्र बहस सुरु हुन थालिसकेको छ । यसका लागि अध्यक्ष ओली स्वयं लागिपरेका छन् ।

देशभरिको स्थानीय तहको नतिजाको हिसाब-किताब गर्न आफै खटिएका छन् । बाहिर बोल नसके पनि एमालेमा ओलीको हैकमवाद मन नपराउने नेताहरू धेरै छन् । उनीहरू ओलीसाम निरीह भएर बस्तुको विकल्प छैन । किनकि ओलीविरुद्ध बोल्नेहरू कारवाहीमा परिहाल्छन् । स्थानीय निर्वाचनमा हार बेहोरिसकेपछि ओलीले अध्यक्षबाट राजीनामा दिनपर्छ भन्ने आवाज पनि कताकति नसुनिएको होइन। तर ओली अरूको विचार सुन्ने पक्षमा न हिजो थिए न त आज नै । आसामी निर्वाचनका लागि ओलीले विभिन्न विकल्प सोच्न थालिसकेका  छन् । ओलिले वर्तमान पाँचदलिय सत्ता गठबन्धनलाई भत्काएर पुनः वाम गठबन्धन गर्नुलाइ पहिलो प्रथमिकतामा रखेका छन्।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : ०२ बजे