विराटनगर । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला र उच्च अदालतबाट भएको फैसलापछि प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले मुद्दा दोहोर्याउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदन खारेज भएको छ । खातुनको माग निवेदन खारेज भएर उनी दोषी ठहर भएपछि प्रदेश सभा सदस्य पदबाट पदमुक्त भएकी छन् ।
उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि सांसद खातुन मुद्दा दोहोर्याउन माग गर्दै सर्वोच्च पुगेकी थिइन् ।
सर्वोच्चले माग निवेदन बमोजिम मुद्दा दोहोर्याउन अनुमति नदिएपछि सांसद खातुनले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी हुन् ।
प्रतिक्रिया