२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर बजेट ल्याउँदै स्थानीय तह



काठमाडौं– देशका  सबै स्थानीय सरकारले  आज (शुक्रबार) आगामी आर्थिक वर्ष  २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले १० असारमा बजेट ल्याइसक्नुपर्छ ।

संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी स्थानीय तहले बजेट बनाएका छन् ।

१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।

केही स्थानीय तहले भने कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका कारण बजेट ल्याउन सक्दैनन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ५३ बजे