२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कवि पराजुलीको १२ भाषासहितको ‘स्कुल’ सार्वजनिक



काठमाडौं : कवि नवराज पराजुलीको नयाँ रचना ‘स्कुल’ सार्वजनिक भएको छ। संगीतको सबैभन्दा ठूलो पुरस्कार ग्रामी अवार्डका लागि मनोनित अमेरिकी संगीतकार एन्ड्र्यू बोर्कोस्कीसँगको सहकार्यमा नवराज पराजुलीले ‘स्कुल’ ल्याएका हुन्। एन्ड्र्यूसहित १६ अमेरिकन वाद्यवादक र ७ नेपाली वाद्यवादक ‘स्कुल’ मा संलग्न छन्।

विद्यालयले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर पारिरहेको छ भन्ने कुरा ‘स्कुल’मा समेटेको छ। ‘स्कुल’मा पराजुलीको शब्द र संगीत छ भने रिदम कँडेलले संगीत संयोजन गरेका छन्। गीतमा पराजुलीसहित रिदम कँडेल र अनिल सुब्बाले स्वर भरेका छन्।

यस रचनामा १२ नेपाली भाषाका कलाकारहरुको स्वर समावेश छ। सन्थाली भाषामा झापाकी अन्जली कास्की, राइ (दुङ्माली) भाषामा अल्ट्रा धावक मीरा राइ, तामाङ भाषामा नेपाली तारा सन्तोष लामा र मैथिली भाषामा कलाकार तथा निर्देशक सरिता शाहको स्वर रहेको छ। त्यस्तै, भोजपुरी (अनिल कुर्मी), लिम्बु (अनिल सुब्बा), भोजपुरी (अनिल कुर्मी ), गुरुङ (सुरज तमु), मगर (जेम्स मगर), अवधी (अजय पाण्डे), कोइच(इंगि होपो कोइंच सुनुवार) र नेवारीमा फिल्म निर्देशक राजिन महर्जनको स्वर छ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ०९ बजे