पश्चिम नवलपरासी। कृषि विकास बैंक शाखा कार्यलय परासीको आयोजना एवं दियालो कृषि सहकारीको समन्वयमा सुनवल नगरपालिका वार्ड नं ३ र ५ का कृषकहरूलाई लक्षित गरि “वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम” सुनवल किर्तिपुरमा शुभारम्भ भएको छ।
सुनवल नगरपालिकामा रहेको दियालो कृषि सहकारी, जनसेवा कृषि सहकारी र श्रमजीवी कृषक समुहका २५/२५ जना गरि जम्मा ७५ जना महिला कृषकहरूलाई २२ सत्र (पाठ) सम्म वित्तीय शिक्षाको महत्त्व र व्यवसायमा वित्तीयको भूमिका बारेमा ज्ञान दिइने र कृषकलाई कृषि विकास बैकमा कर्जा मा समेत सहज र न्यून ब्याजदर कायम रहेको कृषि विकास बैंक परासी शाखाका वरिष्ठ प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष भुवनेश्वर पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया