१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अमेरिकी सेना हतियारसहित नेपाल आएको खबर छ, यसको जवाफ सरकारले दिनुपर्छ’



काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद हरिराज अधिकारीले अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् ।

‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २७ बजे