नवलपरासी। माओवादी केन्द्र पश्चिम नवलपरासीका नेता खड्ग बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
बस्नेतले नवलपरासी पश्चिम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। स्रोतका अनुसार माओवादी केन्द्रबाट टिकट दिने भने पनि अन्तिममा उनको टिकट खोसिएपछि खडगले स्वतन्त्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् । माओवादी केन्द्रबाट चिनक कुर्मीले टिकट पाएका छन् ।
आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय नवलपरासीमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया