२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागीबाट घरमा क्षति   



ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ ।    
    
 इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार आगलागीबाट कालिका गाउँपालिका–२ गुम्बाडाँडाका मानबहादुर गोलेको घरमा क्षति भएको हो । खाना पकाउने क्रममा सिलिण्डर पड्किएको हो । आगलागीबाट रू १० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । पीडितलाई कालिका गाउँपालिकाले आजै राहत सामग्री वितरण गरेको छ ।    
    
 यसैबीच प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा रसुवाका पाँचवटै गाउँपालिकाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।   रासस

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ११ बजे