१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा हुँदै



काठमाडाैँ -नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी ९नेसपा०बीच आज एकता घोषणा हुँदै छ।सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११स्३० बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम राखिएको छ।

पूर्वसहमति अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन्।आइतबार सह–अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन्।ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको नेसपा सचिवालयले जनाएको छ।

गत चैत ३ मा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको तीन बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पनि आइतबारको बैठकले गरेको छ।२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठको पक्षमा उभिएका छन्।त्यसैगरी १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका संयोजक श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १२ : १७ बजे