काठमाडाैँ -अर्बपति इलन मस्कले उनको सामाजिक सञ्जाल एक्समा देखिएका समस्या औंल्याउँदै आफ्ना कम्पनीहरूमा पुरै ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका छन्। सामाजिक संजाल प्रयोगकर्ताहरूले शुक्रबार र शनिबार एक्समा धेरै समस्याहरू भएको गुनासो गरेका थिए।
‘फेरि २४र७ काममा फर्किंदै, सम्मेलनरसर्भररफ्याक्ट्री कक्षहरूमा सुत्दै,’ एक्समा समस्या आएपछि मस्कले शनिबार लेखेका छन्, ‘म एक्सरएक्सएआई र टेस्लामा ( अर्को हप्ताको स्टारशिप प्रक्षेपण)मा केन्द्रित हुनुपर्छ। किनभने हाम्रा महत्त्वपूर्ण प्रविधिहरू सुरू हुँदैछन्।’
यो हप्ताको एक्समा समस्याले देखिएकाले ठूला परिचालनात्मक सुधारहरू गर्नुपर्छ भनेर मस्कले स्वीकारेका छन्।ट्रम्पसँगको निकटताका कारण बिक्री र शेयरको भाउ घटेपछि केही समयअघि कार निर्माता टेस्लाले मस्कलाई हटाएर नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) राख्न पहल गरेको खुलेको थियो।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्क सरकारी सेवा प्रभावकारी बनाउन ट्रम्पले खोलेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) का प्रमुखका रूपमा काम गर्न धेरै व्यस्त थिए।
मस्कले टेस्लामा पर्याप्त समय नदिएको र उनको ट्रम्प सरकारमा सहभागिताका कारण कम्पनीलाई नोक्सानी भएपछि रिसाएको टेस्ला बोर्डले मस्कको साटो नयाँ प्रमुख कार्यकारी खोजेको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको थियो।नयाँ प्रमुख कार्यकारी अधिकृत खोज्न आठ(सदस्य भएको टेस्ला बोर्डले कार्यकारी खोजी गर्ने फर्महरूसँग सम्पर्क समेत गरेको भनेर सो प्रक्रियामा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै जर्नलले दाबी गरेको थियो।
बोर्डले टेस्लामा १३ प्रतिशत शेयरका मालिक रहेका मस्कलाई बोलाएर टेस्लालाई बढी समय दिन भनेको थियो। बोर्डका सदस्यहरूले उनलाई यो कुरा सार्वजनिक रूपमा भन्न समेत निर्देशन दिएको खुलासा जर्नलले गरेको थियो।मस्कले बोर्डको आग्रहको प्रतिकार नगरे पनि सदस्यहरूको निर्देशन अनुसार सार्वजनिक रूपमा टेस्लालाई बढी समय दिने भनेर त्यतिबेला घोषणा भने गरेनन्।
यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको सार्वजनिक भएपछि भने मस्कले अब आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए। उनले मे महिनादेखि ट्रम्प सरकारलाई साताको एकदेखि दुई दिन मात्रै समय दिने बताएका थिए।ट्रम्पलाई राष्ट्रपतीय निर्वाचन जिताउन २५ करोड डलरभन्दा धेरै खर्च गरेका मस्कको ट्रम्पसँगको निकटताका कारण टेस्लालाई धेरै नोक्सानी भएको छ।
यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको गत हप्ता सार्वजनिक भएको थियो। त्यसको केही घण्टापछि मस्कले अब भने आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए।अघिल्लो वर्ष पहिलो त्रैमासमा टेस्लाको नाफा १ अर्ब ४० करोड डलर थियो। यो वर्ष पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर मात्रै कमाएको छ। यसरी बिक्रीमा भारी गिरावट आएकाले कम्पनी सम्हालेर स्थिति सुधार्न र लगानीकर्तालाई विश्वास दिलाउन मस्कले सो घोषणा गरेको मानिन्छ।
गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुबै ह्वात्तै बढेको थियो। ट्रम्पसँगको निकटताका कारण स्वचालित कार बनाउने क्रममा रहेका नियामकीय बाधा कम हुने लगायत अरू फाइदाका कारण टेस्लाको व्यापार झन् बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो भएन।ट्रम्पले कार्यभार सम्हालेपछि मस्कले अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन्। त्यस्तै युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्रदक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन्। त्यसै कारण ट्रम्पको विजयपछि मस्क र टेस्लालाई प्राप्त सबै लाभ गुमेको छ।
यो वर्षको पहिलो तीन महिनामा विश्वभरि नै टेस्लाको बिक्री घटेपछि मस्क चिन्तित भएको देखिन्छ। टेस्लाको व्यापार उकास्न ट्रम्पले गत महिना ह्वाइट हाउसमा मस्कको उपस्थितिमै आयोजित एक कार्यक्रममा रातो ुएस मोडलु किनेर विज्ञापन नै गरेका थिए। त्यसका बाबजुद अमेरिकामा टेस्लाको बिक्री बढेन।हुन त सन् २०२४ मा टेस्लाको बिक्री इतिहासमा पहिलो पटक घटेको थियो। तर केही हप्ता अघिसम्म पनि टेस्लाले आफ्नो बिक्री यो वर्ष फेरि बढ्ने दाबी गरिरहेको थियो। गत हप्ता आम्दानी विवरण सार्वजनिक गर्दा भने कम्पनीले यो वर्ष बिक्री बढ्ने दाबी गरेन। विश्व व्यापारको स्थिति धेरै अनिश्चित रहेको भन्दै बिक्रीको भविष्यवाणी नै गरेन।
यसरी टेस्लाले सन् २०३० सम्म वार्षिक दुई करोड वटा कार उत्पादन गर्ने लक्ष्य पनि त्यागेको देखिन्छ। यसले पनि मस्कले किन चिन्ता गर्नुपर्छ भन्ने देखाउँछ।टेस्ला कम्पनीले आधिकारिक रूपमै राजनीतिक कारणले आर्थिक नोक्सानी भएको स्वीकार समेत गरेको थियो।यो हप्ता एक्सा समस्या आएपछि उनले आफ्ना कम्पनीहरूमा पुरै ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका हुन्।
प्रतिक्रिया