काठमाडौँ । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेस गरिनेछ । साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
प्रतिक्रिया