२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाका सांसदहरू आन्दोलन ‘छाडेर’ बजेट भाषणमा सहभागी हुने



काठमाडाैँ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आन्दोलनबाट समय निकालेर बजेट भाषणमा सहभागी हुने भएका छन्।आज राप्रपाले काठमाडौंको रत्नपार्कमा नवराज सुवेदी नेतृत्वको ुसंयुक्त जनआन्दोलन समितिु ले आन्दोलन सुरू गर्दैछ। उक्त कार्यक्रमलाई राप्रपाले पनि समर्थन गरेको छ। उक्त आन्दोलन बिहीबार दिउँसो २ बजेटबाट सुरू हुँदैछ।

त्यस्तै आजै संघीय संसदमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत हुँदै छ।बजेटका लागि अपराह्न ३ बजे संयुक्त बैठक बस्दैछ। समय जुधेपछि राप्रपाका सांसदहरू आन्दोलनमा केही बेर सहभागी भएर संसद बैठक जाने भएका छन्।‘हामी त दुवैतिर भ्याउनुपर्‍यो नि’, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘समय जुध्यो। हामी मिलाउँछौं।’उनले केहीबेर संसदमा सहभागी भए पनि आन्दोलनमा बढी समय दिने बताए। ‘बजेट संशोधन हुने होइन। हाम्रो कुरा राखिने होइन। आज हाम्रो पार्टी स्थापना दिवस पनि हो। समय व्यवस्थापन गरेर काम गर्छौं,’ उनले भने।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १२ : ०९ बजे