१९ जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजसंस्था पक्षधरसँग सरकार डरायो: लिङ्देन



काठमाडाैँ -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन्।पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यसअघि निषेधित क्षेत्र नभएका ठाउँहरूमा पनि राजसंस्थावादी शक्तिहरूको आन्दोलनपछि निषेधित क्षेत्र तोकिनुले सरकार डराएको पुष्टि हुने बताएका हुन्।

‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्नेकुराको प्रमाण हो,’ उनले भने।

उनले आन्दोलना जनसहभागिता उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको पनि जानकारी दिए।’हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। हामीलाई यसले उत्साहित तुल्याएको छ,’ उनले भने। आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि उनले बताए।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ५ : ३० बजे