२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकादावा अवसरमा स्वयम्भूनाथ पुगेको कामकाज टोली, सरसफाइमा सक्रिय



काठमाडौं। बुद्ध जयन्तीको अवसरमा मनाइने सकादावा पर्वलाई लक्षित गर्दै स्वयम्भूनाथमा पुगेको कमकाज टोलीले सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएको छ । बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण मानिने यस पवित्र पर्वमा श्रद्धालुहरूको उल्लेखनीय भीड लाग्ने भएकाले उक्त क्षेत्रको स्वच्छता कायम राख्न टोलीले अग्रसरता लिएको हो ।

टोलीले भीडभाडमा श्रद्धालुहरूले पानी, चिया र जुस पिएपछि जथाभावि फालेका प्लास्टिकका बोतल र कपहरू स्वयम्भू परिसर, सिढी, स्तूप वरपरका क्षेत्र, र फोहोर जम्मा भएका स्थानहरूमा सरसफाइको कार्य सम्पन्न गरेको थियो । साथै, कामकाज टोलीले भक्तजन र पर्यटकलाई सफा तीर्थस्थल—दिगो आस्था भन्ने नारासहित वातावरणीय सचेतना फैलाउने गतिविधिमा पनि संलग्न भएको जनाएको छ।

कमकाजका प्रबन्धक निर्देशक (MD) कञ्चन महर्जनले सकादावाको आध्यात्मिक महत्वसँगै हामीले स्वच्छ वातावरणको सन्देश दिन खोजेका बताईन । यस्ता अभियानले धार्मिक स्थलहरूको संरक्षणमा सहयोग पुर्‍याउँने उनको भनाई छ ।

त्यसैगरी, कमकाजका प्रमुख प्रविधि अधिकृत (CTO) अभिषेक महर्जनले, “टेक्नोलोजीका माध्यमबाट परिवर्तन सम्भव छ भन्नेमा विश्वास रहेको बताए तर परिवर्तन सुरु आफैँबाट गर्नुपर्ने भएकाले यस अभियानले नागरिकमा चेतना फैलोस् भन्ने हाम्रो उद्देश्य हो।”उनले भने

सकादावाको पुण्य अवसरमा गरिएको यो सरसफाइ अभियानले धार्मिक आस्था र सामाजिक उत्तरदायित्वको समन्वयलाई उजागर गरेको छ । आयोजकहरूका अनुसार आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने योजना छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ९ : ४० बजे