६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटक लोभ्याउने मुस्ताङको ढुम्बा ताल




हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ मा रहेको चर्चित पर्यटकीय स्थल ढुम्बा तालले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा ताल सम्ले गाउँ नजिकै पर्दछ ।

मुस्ताङ जिल्ला भित्रको दर्जनौं तालहरुमध्य ढुम्बा ताल एउटा महत्त्वपूर्ण ताल हो । जहाँ दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् र त्यहाँको प्राकृतिक सुन्दरता हेरेर लोभिन्छन । योसँगै निलगिरी हिमाल लगायत अन्य धेरै हिमशृङ्खलाहरुको छाँया तालमा पर्दा ताल झनै सुन्दर देखिन्छ । ढुम्बा ताल सडक संजालले छोएपछि यसको महत्त्व झनै चुलिएको हो । बाह्रै महिना पर्यटक पुग्ने यो तालमा पछिल्लो वर्षहरुमा लाखौं पर्यटकले भ्रमण गरिसकेको छ ।

यसका साथै विभिन्न समयमा देशीविदेशी फिल्म र म्युजिक भिडियो समेत छायांकन हुनाले पनि झनै यो ताल विश्वसामु प्रख्यात बनेको हो । कुनैबेला उजाड मरुभूमि जस्तै देखिने यसको पृष्ठभूमिमा अहिले मनमोहक हरियाली छ । कुनैबेला पैदलमार्ग हुँदै घण्टौ लागाएर पुग्नुपर्ने यहाँ अहिले व्यवस्थित सडक छ । ताल वरपर स्थानीय निकाय, प्रदेश सरकार, संघ र एक्यापले प्रशस्त लगानी गरेको छ । यस कारण बिगत जस्तोसुकै भएपनी अहिले तालको सुन्दरता र महत्त्व समग्र मुस्ताङ जिल्लाको पहिचानसँग जोडिएको छ भन्दा फरक पर्दैन ।

किनकी ताल हेर्न आउने पर्यटकले मुस्ताङको पर्यटन व्यवसायलाई टेवा पुर्याएको छ । यसका साथै मुस्ताङमा उत्पादन हुने कोसेलिका वस्तुहरु बिक्रीवितरण र यसको प्रवर्धनले पनि मुस्ताङ बासिको जनजीवन माथी उठेको छ । भने यहाँ उत्पादन भएका हरेक चिज एउटा छुट्टै पहिचान बनेको पाइन्छ । बिशेष गरि होटेल व्यवसाय सँगै अन्य पाटोहरु पर्यटनले जोडिदा करिब एक दशकयता मुस्ताङ जिल्लाका मानिसहरूले आम्दानीको स्रोत झनै राम्रो बन्दै गएको पाइन्छ ।

समुद्री सतहदेखी करिब २ हजार ८३० मिटर उचाइमा रहेको यो ताल बेनी( जोमसोम( कोरला सडक खण्ड अन्तर्गतको राष्ट्रिय राजमार्गदेखि पुर्वपट्टि करिब तीन किलोमिटर दूरीमा पर्दछ । पर्यटकलाई नै मध्यनजर गरेर स्थानीयद्वारा ताल छेउमा व्यवस्थित रेष्टुरेन्ट सञ्चालन समेत गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० ले पनि बेलाबेलामा सचेतना मुलक कार्यक्रम गर्दै यसको प्रचारप्रसार गरेको पाइन्छ ।

करिब १३० मिटर दूरीमा फैलिएको नीलो रङ्ग र कन्चन देखिने ढुम्बा ताल नीलगिरि हिमालको फेदमुनि रहेको छ । पानबुट्टे ९लभ० आकारमा अवस्थित तालको पानी मूलबाट सिञ्चित भएर सुन्दर ताल बनेको स्थानीयको भनाइ रहेको छ ।

पछिल्लो समय तालको उचित संरक्षण प्रवर्धन गर्नको लागी प्रदेश सरकार, स्थानीय सरकार, एक्याप, संरक्षण व्यवस्थापन समिति, गुम्बा संरक्षण व्यवस्थापन समिति, सरोकारवाला निकाय र स्थानीयहरुको पहलमा ढुम्बातालमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कामहरु अगाडी बढाइएको छ । जसमा ढुम्बा ताल वरिपरि रेलिङ सहितको सिँढी, व्यवस्थित बाटो, विश्राम स्थल, हट रुमलगायत सूचनामूलक साइन बोर्डहरुको स्थापना गरिएको छ ।rss

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : ०९ बजे