७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य २१०० बढ्यो, चाँदीको कती ?



नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।

मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : २३ बजे