२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुझावका लागि गाउँ–गाउँमा नेकपा (एमाले)



सरस्वती बुढा, सुर्खेत | साउन २१ गते

नेकपा (एमाले) कर्णाली प्रदेशले पार्टी विधान संशोधनका लागि सुझाव संकलन गर्न गाउँमुखी कार्यक्रम सञ्चालन गर्ने भएको छ। ग्रामीण क्षेत्रका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको सुझावलाई समेट्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

सोमबार सम्पन्न प्रदेश कमिटीको छैठौँ बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा पार्टी प्रचार तथा प्रसार विभाग प्रमुख रमेशबहादुर शाहीले विधान संशोधनका सन्दर्भमा अन्तर पार्टी निर्देशन–१२ लाई दृढताका साथ कार्यान्वयनमा लैजाने निर्णय बैठकले गरेको जानकारी दिनुभयो।

प्रमुख शाहीका अनुसार पार्टीको नवौं राष्ट्रिय सम्मेलनले पारित गरेको निर्णयलाई मातहतका सबै कमिटीहरूमा कार्यान्वयन गरिनेछ।

त्यसैगरी, पार्टी अध्यक्ष गुलाबजंग शाहले डोल्पाको दुई वटा पालिकासहित कर्णाली प्रदेशका विभिन्न ४८ वटा वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिनुभयो। बाँकी रहेका पालिका र वडाहरूको अधिवेशन आगामी कार्तिकभित्रै सम्पन्न गरिनेछ भने कार्यकाल पूरा भएका जनसंगठनहरूको अधिवेशन २०८२ असोजभित्र सकिने निर्णय गरिएको उहाँले बताउनुभयो।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज गोरख वोगटीले पार्टीले २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित जनस्तरसम्म पुग्ने अभियान सञ्चालन गर्ने बताउनुभयो। साथै, उहाँले पार्टी आरक्षणको पक्षमा नभई समावेशी प्रतिनिधित्वको पक्षमा रहेको स्पष्ट गर्नुभयो।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : १९ बजे