३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुका अधिकांश महिला पाठेघर खस्ने समस्याले आक्रान्त



राज्यश्वोर मल्ल
मुगु साउन ३०

मुगु जिल्लाका दुर्गम गाउँका महिलाहरू वर्षौंदेखि पाठेघर (आङ) खस्ने समस्याले पीडित छन्। आर्थिक अभावका कारण समयमा उपचार गर्न नसक्दा धेरैजसो महिलाले रोग लुकाएर बस्नुपरेको छ।

छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडामा बस्ने महिलामा पाठेघर खस्ने समस्या अत्यधिक देखिएको छ। स्वास्थ्य संस्थामा पटक–पटक गए पनि आर्थिक अवस्था कमजोर भएकाले सुविधा सम्पन्न अस्पतालमा जान नसकेर उपचार अधुरै रहने गरेको स्थानीयले बताएका छन्।

ग्रामीण भेगमा लाजका कारण महिलाले रोगबारे खुलेर कुरा गर्न सक्दैनन्। बाल विवाह, परिपक्क उमेर नहुँदै सन्तान जन्माउने, भारी काम, धुलो–धुवाँ, अस्वस्थकर खानपान र चिसो वातावरणका कारण यो समस्या १६ देखि ३० वर्षका महिलामा बढी देखिने चिकित्सकको भनाइ छ।

पाठेघर खस्ने समस्या मात्र नभई दम रोगका बिरामी पनि दुर्गम क्षेत्रमा उच्च संख्या रहेका छन्। तर, यस्ता रोगहरूमा कुनै पनि सरोकारवाला निकायले पर्याप्त चासो नदिएको डा. अर्जुन भामको गुनासो छ। उनका अनुसार, सानो लगानीमा लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेमा यो पीडामा धेरै हदसम्म राहत मिल्न सक्नेछ।

हालै गाउँ–गाउँमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा परीक्षण गरिएका बिरामीमध्ये धेरैमा दम रोग र करिब ८० जना महिलामा पाठेघर खस्ने समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ५८ बजे