सरस्वती बुढा
मुगु । हिमाली जिल्ला मुगुको पूर्वी भेगस्थित मुगुम कार्मारोङ गाउँपालिकामा पहिलो पटक ‘छायाँनाथ अल्ट्राम्याराथन २०८२’ आयोजना हुने भएको छ। प्रसिद्ध धार्मिक स्थल छायाँनाथको प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन तथा स्थानीय संस्कृति र जैविक विविधताको संरक्षण उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष छिरिङक्याम्ने लामाले जानकारी दिए।
म्याराथन असोज ६ गतेदेखि ८ भित्र सञ्चालन गरिने उनको भनाई छ । उक्त म्याराथन आयोजनाको लागि सोमबार सिंहदरबारमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख अथिथिमा जिल्लाका जनप्रतिनिधि दलका प्रमुख प्रतिनिधि पर्यटन व्यवसायीसँग छलफल तथा सुझाव संकलन गरिएको छ ।
प्रशिद्ध तिर्थस्थल छायाँनाथ उजागर गर्न र धार्मिक पर्यटकिय क्षेत्र संग जोड छायाँनाथ म्याराथन आवश्यक देखिएको कार्यक्रममा सहभागीहरुको भनाई रहेको छ । खेलक्षेत्रमा छायाँनाथ म्याराथन महत्वपूर्ण हुने वनमन्त्री शाहीले बताए । पहिलो पटक जे जस्तो भए पनि खेल सफल बनाउन पालिकाको भूमिका अतुलनीय रहने उनको भनाई छ ।मन्त्री शाहीका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाले पहिलो पटक आयोजना गर्न लागेको म्याराथनले खेलाडी जगतलाई उत्साह र पर्यटन प्रर्द्धन टेवा पुग्ने आसा गरिएको छ ।
म्याराथन क्षेत्रमा सहयोग गर्ने सबै निकाय सित समन्वय सहकार्य गर्न मन्त्री शाहीले पालिकालाई सुझाव दिएका छन् । ओझेलमा परेको छायाँनाथ क्षेत्रको प्रचारप्रसारमा म्याराथनको भूमिका महत्वपूर्ण रहने कांग्रेस नेता तथा पूर्वशिक्षा राज्यमन्त्री हरुतबहादुर मल्लको भनाई छ । म्याराथनलाई परिणामुखी बनाउन जिल्लाबासीको सहयोग आवश्यक रहेको उनको भनाई छ ।
‘छायाँनाथ म्याराथनले कर्णालीलाई फाइदा पुग्छ,’ पर्यटन व्यवसायी राजु कार्कीले भने, ‘कार्मारोङ गाउँपालिकालाई धेरै धेरै धन्यवाद छ, ।’ यो आयोजना गर्न लागेकोमा, कर्णालीको सन्दर्भमा यो म्याराथन पहिलो हो कार्कीले भने छोटो समय छ यसलाई भब्य र सफल बनाउन सबैले हातोमालो गरेर अघि बढ्नुपर्ने जरुरी देखिएको छ ।
खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले पालिकाबाट छायाँनाथ म्याराथनलाई के कस्तो सहयोग गर्नु पर्छ आफू तयार रहेको बताए । यो म्याराथन कार्मारोङले आयोजना गरेपछि सबै जिल्लावासीले सहयोग गर्नु पर्छ उनको भनाई छ ।
छायाँनाथ म्याराथनमा बढीभन्दा बढी खेलाडीहरुको सहभागी बढाउन पालिकाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कांग्रेस युवा नेता खगेन्द्रबहादुर मल्लले बताए । यो खेलमा मिडिया जगतको उल्लेखनीय सहभागी गराउन आवश्यक देखिएको मल्लले बताए ।
म्याराथनको रेस
छायाँनाथ म्याराथन ४२.२ किमी फूल म्याराथन रहने छ । २२६३ मिटर पुलू बजार देखि ४८।२० मिटर छायाँनाथ धाम पुगेर चितै गाउँबाट पुलू पुग्ने गरिएको छ । सहभागी म्याराथन खेलाडी पूलुबाट दौडेर तिहारबगर, किम्री, परलोक हुदै छायाँनाथ पुगेर त्यहाँबाट फर्केर चितै गाउँ भएर पुन पुलू पुगेर दौड अन्तिम हुने छ ।
प्राकृति सुन्दरता हरिया डाडाँपाखा हिमाली फूलको सुगन्ध अनुभव गर्दै खेलाडीहरु म्याराथन दौडिने छन । उक्त म्याराथनको लागि खेलाडी दौडिने लाइन दिइसकिएको छ । मर्मतको लागि पालिकाले जनशक्ति परिचान गर्ने भएको छ । खेलाडी उक्त म्याराथन पूरा गर्न करिव ५ घण्टा लाग्ने अनुमान गरिएको छ ।
म्याराथनमा प्रथम हुने खेलाडीलाई ५ लाख नगद सहित मेडल, द्वितीय हुने खेलाडीलाई २ लाख ५० हजार नगद सहित मेडल, तृतिय हुने खेलाडीलाई १ लाख ५० हजार नगद प्रदान गरिने भएको छ । उक्त म्याराथनमा दौडिने स्थानीयवासीको लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
जसअन्तर्गत पहिलो दोस्रो र तेस्रो स्थान हुने खेलाडीको लागि ५० हजार पुरस्कार रहेको छ । रजिष्टेशनको लागि विदेशीलाई ५० डलर र स्वदेशीलाई २ हजार ५ सय रहेको छ । दर्ता रजिष्टेशन अनलाइनमार्फत गरिने भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाले छायाँनाथ म्याराथनको लागि यो चालु आर्थिक वर्ष करिव ३० लाख बजेट विनियोजन गरेको छ । उक्त खेलको लागि करिव ६० लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया