१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा ‘चाइनिज कर्नर’मै जुवातास, २ लाखसहित ८ जना पक्राउ



धनगढी । कैलालीमा जुवातास खेलिरहेका आठ जना दुई लाखभन्दा बढी नगदसहित पक्राउ परेका छन्।

बुधबार राति साढे ११ बजेतिर गौरीगंगा नगरपालिका–८ मसुरिया बजारस्थित चाइनिज कर्नर सेन्टरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा–७ का ३० वर्षीय टेक मन्नीसहित अन्य सात जना रहेका छन्। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीमा उनीहरुको साथबाट दुई लाख १३ हजार २७० रुपैयाँ नगद, साढे चार हजार भारतीय रुपैयाँ, चार गड्डी तास र नौ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मसुरिया र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले छापा मारेको हो। पक्राउ परेकालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १२ : ०७ बजे