काठमाडौं । लगातार तीन कारोबार दिनपछि सोमबार सेयर बजार हरियो बनेको छ । नेप्से २१.३० अंकले बढेर २,७६१.४७ विन्दुमा कायम भएको छ । कारोबारको क्रममा दिउँसो २ः३० बजे सूचक २,७६४ विन्दुमा पुग्दै दिनको उच्चतम विन्दु बनेको थियो ।
यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ७५ करोडमा सीमित भयो । १७९ कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ ।
समूहगत सूचकमा अधिकांश बढेका छन् । अन्य समूह २.७९ प्रतिशतले उकालो लाग्दै सबैभन्दा धेरै बढ्यो । नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्यमा भएको उल्लेख्य वृद्धिले समग्र अन्य समूहलाई माथि पुर्याएको हो ।
बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर ०.३२, लगानी ०.३४, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.३१ तथा व्यापार समूह ०.०५ प्रतिशतले बढे । उत्पादन तथा प्रशोधन समूह भने ०.०५ प्रतिशतले घट्यो ।
कम्पनीगत रूपमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै साना किसान विकास बैंक ५.२६, नेपाल पुनर्बीमा कम्पनी ५.१०, माहुली लघुवित्त ४.४८, उन्नति सहकार्य लघुवित्त ४.२५, मिथिला लघुवित्त ४.२५ र हिमालयन रिइन्स्योरेन्स ३.३६ प्रतिशतले उकालो लागे ।
सिक्लेस हाइड्रोपावरको मूल्य भने ३.५४ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लाग्यो । त्यसैगरी सीवाईसी लघुवित्त ३.५० र खानीखोला हाइड्रोपावर २.६३ प्रतिशतले घटे ।
धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, राधि विद्युत् र छिमेक लघुवित्त वित्तीय संस्था परे ।
प्रतिक्रिया