काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका गोपाल मोक्तान (रेस लामा) विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिनको म्याद थप गरेको छ।
उनीमाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोप लगाइएको छ। आइतबार राति चाबहिलस्थित ए वान क्याफे बाट प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो।
यसअघि पनि मोक्तान तरबार प्रयोग गरी केक काटेको घटनामा पक्राउ परेर छुटेका थिए।
प्रतिक्रिया