१३ भाद्र २०८२, शनिबार | Sat Aug 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा पानी परीक्षण : हैजा फैलाउने जीवाणु भेटिएन



वीरगञ्ज । हालै हैजाको सङ्क्रमणले प्रभावित बनेको वीरगञ्ज महानगरपालिकाले विभिन्न धाराबाट संकलन गरिएका पानी नमुनामा झाडापखाला फैलाउने ई.कोली जीवाणु नदेखिएको जनाएको छ।

महानगरले वडा नम्बर १०, ११ र १२ का सात स्थानका धाराबाट नमुना संकलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गर्दा सबैमा जीवाणु नदेखिएको हो। यसअघि मधेश जनस्वास्थ्य प्रयोगशालाले गरेको १० वटा नमुनाको परीक्षणमा पनि जीवाणु नफेला परेको पुष्टि भएको थियो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार अत्यधिक प्रभावित क्षेत्रका धारालाई प्राथमिकतामा राखेर परीक्षण भइरहेको छ। वातावरण निरीक्षक प्रकाश ऐरको टोलीले नियमित रूपमा नमुना संकलन गर्दै आएको छ भने माइक्रोबायोलोजिस्ट अजय मण्डलको नेतृत्वमा कोलीफर्म परीक्षणसमेत भइरहेको छ, जसको प्रतिवेदन शुक्रबारसम्म आउनेछ।

महानगरले सुरक्षित खानेपानी नै तत्कालीन आवश्यकता भएको उल्लेख गर्दै दूषित क्षेत्र पहिचान भएपछि आवश्यक कदम चालिने जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बिहिबार  ८ : १८ बजे