१७ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुसित थानी हिमालयन रिसोर्टको आइपिओ आउँदै



धितोपत्र बोर्डका पूर्व अध्यक्ष रमेश हमाललगायतको लगानी रहेको दुसित थानी हिमालयन रिसोर्टले साधारण शेयर (IPO) जारी गर्ने तयारी गरेको छ। होटलले प्रतिशेयर अंकित मूल्य रू. १०० का दरले २० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको हो।

यस आईपीओको सेयर निष्कासन तथा बिक्री प्रबन्धक को जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेड ले पाएको छ। होटल सञ्चालनको जिम्मा ओमस्टोन एसिया क्यापिटल नेपाल मा छ भने व्यवस्थापनको नेतृत्व अन्तर्राष्ट्रिय ब्रान्ड दुसित थानीले गरिरहेको छ।

प्रारम्भिक १० वर्षको व्यवस्थापन सम्झौतामा अर्को १० वर्ष थप गर्न सकिने व्यवस्था गरिएको छ।

ओमस्टोन एसिया क्यापिटलमा रमेश हमालसँगै भारतीय मूलका, दुबईमा व्यवसाय गर्दै आएका विष्ण मोरको पनि प्रमुख लगानी छ।

धुलिखेलस्थित यो पाँचतारे होटल करिब साढे दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। रेटिङ कम्पनीका अनुसार होटलको प्रति कोठा लागत रू. ४ करोड ३० लाख पर्छ। पूर्ण सञ्चालनमा आएपछि यसमा ५४ कोठा रहनेछ। कुल लगानीमध्ये करिब ६८ प्रतिशत ऋणबाट जुटाइएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, बुधबार  ७ : ५८ बजे