१७ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा आरएचभीईपीको अस्थायी कार्यालय स्थापना



सरस्वती बुढा

सुर्खेत, उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभीईपीक) को अस्थायी कार्यालय स्थापना भएको छ। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कार्यालयको शुभारम्भ गरेका हुन्।

मन्त्री शाहले यस कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रूपमा रहने बताए। कर्णाली प्रदेशमा कार्यान्वयनको चरणमा रहेको यस कार्यक्रमले प्रदेशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने उनको विश्वास छ।

निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुखी कृषिमा रूपान्तरण गर्नका साथै कर्णालीको रैथाने बालीको सम्वर्द्धन गरी पर्यावरणमैत्री कृषि उत्पादन र बजारीकरणको व्यवस्थापन गर्ने कार्यक्रमको लक्ष्य छ। मन्त्री शाहले यस कार्यक्रमबाट साना किसानहरूको आयस्तरमा वृद्धि भइ किसानहरूको जीवनस्तरमा सुधार र कृषि तथा पशुपन्छी क्षेत्रको विकाससँगै रोजगारी सिर्जना हुने जानकारी दिए।

मन्त्रालयका सचिव परशुराम राउतका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०८१-०८२ देखि २०८९-०९० नम्बर आठ वर्ष सम्म सञ्चालन हुनेछ। कर्णाली प्रदेशमा एक प्रादेशिक कार्यक्रम सुर्खेत र जुम्ला तथा जाजरकोटमा कोरीडर कार्यालयहरू रहने उनले बताए।

उनले भने,”यसबाट गरिबी न्यूनीकरण गर्न, साना किसान परिवारको अत्थानशीलता अभिवृद्धि तथा सुधार साना किसानहरूको कृषि प्रणालीलाई लाभकारी, समावेशी र पर्यावरणमैत्री बनाइ दिगो खाद्य प्रणाली मा रूपान्तरण गर्ने सहयोग गर्ने उद्देश्य छ।

यो कार्यक्रम कर्णाली प्रदेशका आठ जिल्ला ३२ वटा पालिकामा लागू हुनेछ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष( ईफाड) ले आर्थिक सहयोग रहेको यो कार्यक्रम सँघ, प्रदेश, स्थानीय तह र लाभग्राही उत्पादक/उद्यमीसँग मिलेर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, बुधबार  ८ : १२ बजे