कपिलवस्तु , नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सम्पन्न भएको छ । मंगलबार अपरान्ह सम्पन्न भएको बैंकले केन्द्रीय समिति बैंठकका एजेण्डाहरु तय गरेको छ ।
कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २२ गतेदेखि बस्न लागेको केन्द्रीय समिति बैठकका प्रस्ताव र व्यवस्थापनको विषयमा योजना निर्माण गरेको नेकपा स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए ।
बैठकले माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा ठोस निर्णय लिने अपेक्षा गरिएको थियो । माओवादी केन्द्रले नेकपासँग एकता गर्ने बारे गरेको निर्णयलाई स्वागत गर्दै क्रान्तिकारी नीति र नेतृत्व हुनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । विहिबार विहानदेखि पोलिटब्युरो बैठक बस्दैछ ।
पोलिटब्युरो बैठकका लागि नेताहरु आउनेक्रम जारी रहेको छ । पार्टीको केन्द्रीय प्रतिनिधि समितिको बैठक पनि भदौ ३० गतेदेखि बस्ने नेकपाले जनाएको छ ।
प्रतिक्रिया