११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक: शेखर कोइराला



काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले सरकारको निर्णय लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको टिप्पणी गरेका छन्।

उनले आलोचना सहन नसकेको सरकार सामाजिक सञ्जाल नियन्त्रणतर्फ उन्मुख भएको आरोप लगाउँदै यो कदमले हजारौं नेपालीको रोजिरोटीमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएका छन्।

कोइरालाले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित बनाउने खालको नियमन मात्र गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बिहिबार  ८ : १२ बजे