१८ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा यातायात कार्यालयले ‘एकल बिन्दु सेवा’ सुरु गर्ने



सरस्वती बुढा

सुर्खेत। यातायात व्यवस्थापन कार्यालय सुर्खेतले अबदेखि ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ लागू गर्ने भएको छ। सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन यो प्राणी लागू गर्न लागिएको हो।

मुख्यमन्त्री यमलाल कँडेल ले नागरिकलाई सहज र छिटो सेवा दिने ‘एकल बिन्दु सेवा’ महत्त्वपूर्ण हुने भन्दै आगामी दिनमा यसलाई प्रभावकारी ढङ्गले सञ्चालन गरिने जानकारी दिए। बुधबार मुख्यमन्त्री कँडेलले अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेत स्थिति यातायात व्यवस्थापन कार्यालय मार्फत यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो।


कार्यालयबाट प्रवाह हुने सेवामा सवारी साधन जाँचपास, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारी साधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी लगायतका सम्पूर्ण प्रक्रिया एउटै काउन्टर प्रणाली मार्फत हुने व्यवस्था मिलाइएको छ। यसअघि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने अवस्था अब अन्त्य हुने प्रदेश सरकारको दाबी छ।

बैठकमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यसम्पादन समीक्षा गरिएको थियो। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत कार्यक्रम तथा बजेटबारे पनि बैठकले जानकारी गराएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बिहिबार  ८ : १८ बजे