ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । आज बिहान ७ : १५ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकि ११ वर्षीष बालिका उषा सुनुवार घाइते भएकी छन् ।
उनको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । तर ठक्कर दिएर मन्त्रीको गाडी सम्पर्कविहीन भएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
उनीहरूले सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा आम नागरिकसँगै एमाले विधान महाधिवेशनमा जाने प्रतिनिधिहरू पनि समस्यामा परेका छन् । अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच २८ नम्बर वडा कार्यालयमा वार्ता भइरहेको छ ।
प्रतिक्रिया