काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार प्रदर्शनकारीहरूले विमानस्थलभित्रै प्रवेश गरी आगजनी गरेका छन्।
विमानस्थल परिसरमा पार्किङ गरिएका पाँचवटा चारपाङ्ग्रे र दुईवटा दुईपाङ्ग्रे सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। आगजनीको कारण विमानस्थल परिसरमा क्षतिको स्तरबारे विस्तृत मूल्यांकन जारी छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आगलागीका कारण केही सवारीसाधनमा क्षति पुगेको पुष्टि गरेका छन्। तर, अन्य भौतिक संरचनामा भने ठूलो क्षति नभएको उनको दाबी छ।
सुरक्षाकर्मीहरूले विमानस्थल परिसरमा स्थिति नियन्त्रणमा लिन पहल गरिरहेका छन्। यसबीच, भैरहवा र आसपासका क्षेत्रमा थप सुरक्षा सतर्कता बढाइएको छ।
प्रतिक्रिया