१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु



काठमाडौंको कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु भएको छ।

मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले बताए।

उनका अनुसार कोटेश्वर प्रभागका तीन जना प्रहरीको मृत्यु भएको हो।

यस्तै महाराजगन्ज प्रहरी वृत्त र कालिमाटीमा पनि क्षति पुगेको छ।

त्यहाँ पनि केही हताहती भएको आशंका छ। यसबारे पुष्टि हुन बाँकी रहेको डिआइजी रानाले बताए।

प्रकाशित मिति : २३ भाद्र २०८२, मंगलबार  ७ : ५१ बजे