२४ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्दोलन दमनमा गम्भीर चिन्ता



सरस्वती बुढा

सुर्खेत, भदौ २४

कर्णाली प्रदेशका १० वटै जिल्लामा क्रियाशील युवा मानव अधिकार संरक्षण सञ्जाल समितिले हाल देशभरि भइरहेको जेन- जेड(Gen-Z) पुस्ताद्वारा सञ्चालित आन्दोलनका क्रममा राज्यपक्षबाट भएको बल प्रयोग, गोली प्रहार, हिंसा र हत्या घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सयौं घाइते र बालबालिका सहितका आम नागरिकले भोगेका पीडाबारे संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले तत्काल म्याएर क्षतिपूर्ति को माग गरेका छन्

विज्ञप्तिमा नागरिकको स्वतन्त्रता, अभिव्यक्ति र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने संवैधानिक अधिकारलाई दमन गर्ने सरकारी कदमले लोकतान्त्रिक मूल्य र मानव अधिकारको गम्भीर उल्लघन भएको आरोप लगाइएको छ। सामाजिक सञ्जालमा लगाएका प्रतिबन्ध, नागरिकको आवाजलाई दबाउने र भ्रष्टाचार विरुद्ध उठाएका आवाजलाई रोक्ने प्रवृत्तिप्रति पनि सञ्जालले आपत्ति जनाएको छ।

युवा संरक्षणहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई परिवारलाई तत्काल उचित क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार, मानिस घातक व्यहोरेका मनोसामाजिक सहयोग तथा पुनर्स्थापना सेवामा जोड दिन सरकारसँग माग गरेका छन्। साथै घटनाबारे सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र तथा निष्पक्ष छानबिन समिति गठन गर्न पनि सञ्जालले जोड दिएको छ।

विज्ञप्तिमा भनिएको छ-
“सुशासन र रोजगारको माग गर्दै नागरिकले शान्तिपूर्ण रुपमा असन्तोष व्यक्त गर्नु संवैधानिक अधिकार हो। तर आन्दोलनलाई बलपूर्वक नियन्त्रण गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मानवीय हक हितमा गम्भीर आघात पुगेको छ।”

सन्जाने सबै पक्षलाई अहिंसा, शान्तिपूर्ण संवाद र परस्पर सम्मान मार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।

संयुक्त विज्ञप्तिमा कर्णालीका दैलेख, जुम्ला, सुर्खेत, मुगु, डोल्पा, कालिकोट, सल्यान, हुम्ला, रुकुम पश्चिम र जाजरकोट जिल्लाका युवा मानव अधिकार संरक्षक पदाधिकारीहरूको हस्ताक्षर समावेश गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, बुधबार  १ : ३३ बजे