१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो रातको बार्ता: छलफल गराउने अनुहारहरूको चरित्र र संलग्नतामा प्रश्न




नेपालमा जारी राजनीतिक र सामाजिक आन्दोलनका बीच पहिलो रातको बार्ता विवादमा परेको छ। बार्ता बस्ने क्रममा उपस्थित व्यक्तिहरूको चरित्र र संलग्नताबारे प्रश्न उठ्न थालेका छन्।

पहिलो रातको छलफलमा अमेरिकी दूतावाससँग निकट मानिएका प्रदीप खतिवडा र पूर्वराजतन्त्र पक्षधर धारणा राख्ने अशिम बस्नेत पनि सहभागी थिए। बार्तामा Gen Z आन्दोलनको तर्फबाट मात्र रक्षा बम र तनुजा पाण्डे उपस्थित भए पनि उनीहरूलाई निर्णायक भूमिकामा राखिएको देखिएन।

सडकमा आवाज उठाइरहेका अभियन्ताहरूको अगुवाईमा रहेको Gen Z आन्दोलन भित्रै पनि केही अनुहारहरूलाई विदेशी संलग्नताको आरोप लागिरहेको छ।
भारतीय मिडियाले “नेतृत्वको अनुहार” भनेर प्रस्तुत गरिरहेकी हामी नेपाली (सुदन गुरुङ) लामो समयदेखि बारबरा फाउन्डेशनसँग जोडिएको खुलेको छ।

यसैबीच, हिजो बसेको बैठकमा Gen Z तर्फबाट मात्र रक्षा बमलाई बोलाइएको थियो। तर, छलफल आन्दोलनको मूल एजेन्डाबाट भट्किएको भन्दै उनले बैठक छोड्नुपरेको बताएका छन्।

आन्दोलनमा संलग्न अभियन्ताहरूले दुर्गा प्रसाईजस्ता प्रभावशाली व्यक्तिहरूले आन्तरिक खेल र दबाब सिर्जना गरिरहेको आरोप लगाएका छन्। साथै, विदेशमा रहेर आन्दोलनलाई प्रभावित गर्न खोज्ने प्रयास पनि भइरहेको उनीहरूको भनाइ छ। भारतमा रहेकी भावना पनि आफूलाई Gen Z की नेतृका रूपमा प्रस्तुत गर्दै आन्दोलनलाई बाहिरबाट चलाउन खोजेको आरोप लागेको छ।

सडकमा आन्दोलन गरिरहेका अभियन्ताहरू अझैसम्म सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। उनीहरूको सहभागिता बिना नै बार्ताको प्रक्रिया अघि बढाइएको भन्दै आलोचना भएको छ।
आन्दोलन भित्रको यो विभाजन र विदेशी संलग्नताको आरोपले आन्दोलनलाई नै कमजोर बनाउने आशंका देखिएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बिहिबार  ७ : ४३ बजे